अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन फागुनमा
काठमाडौँ । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाविधेशन फागुनमा हुने भएको छ । अनेरास्ववियुका महासचिव समिक बडालले आगामी फागुन २ देखि ४ गतेसम्म महाअधिवेशन गर्ने निर्णय गरिएकोे जानकारी दिए । अनेरास्ववियुको यसअघि २०७२ मा २२ औं राष्ट्रिय अधिवेशन भएको थियो । नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताभएपछि अखिलको अधिवेशन हुन सकेको थिएन ।
महाअधिवेशनअघि माघ १५ गतेभित्र अधिवेशन हुन बाँकी भएका कमिटीको अधिवेशन गर्न भनिएको छ । महाधिवेशनका लागि माघ २५ गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गरी केन्द्रमा पठाउनसमेत भनिएको छ । माघ २० गते स्ववियु निर्वाचन सम्पन्न भएका कमिटी, माघ २१ गते देशभरिका जिल्ला कमिटी तथा माघ २३ गते प्रदेश कमिटी, विश्वविद्यालय राष्ट्रिय कमिटी, केन्द्रीय सम्पर्क कमिटी र प्रदेश सम्पर्क कमिटीबाट प्रनिनिधि छनोट गरिने महासचिव बडालले जानकारी दिए ।
महाधिवेशनका लागि अखिलका अध्यक्ष सुनिता बरालको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव बडालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र कोषाध्यक्ष जेनिश लामाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । यही पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न भएको एमालेका जनसङ्गठनको भेलाले राष्ट्रिय अधिवेशन÷सम्मेलन चैत मसान्तभित्र गर्ने निर्णय गरेको थियो । उनका अनुसार अधिवेशनले १७ पदाधिकारीसहित एक सय ९९ सदस्यीय कमिटी चयन गरिनेछ । अधिवेशन काठमाडौँमा हुने जनाइएको छ ।
यस्तै अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २४ र २५ गते गर्ने निर्णय गरेको छ । काठमाडौँमा भएको अनेमसङ्घको सचिवालयको बैठकले सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको अनेमसङ्घका सचिवालय सदस्य सदीक्षा चौहानले जानकारी दिए । यस्तै अनेरास्ववियु र अखिल नेपाल महिला सङ्घसहित राष्ट्रिय युवा सङ्घ, अखिल नेपाल किसान महासङ्घ, पेसागत महासङ्घ नेपाल, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, नेपाल खेलकुद महासङ्घ र रिटर्नी फेडरेसन नेपाल गरी आठ जनवर्गीय सङ्गठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात