भूमि आयोगमा कार्यरत शाखा अधिकृतविरुद्ध १ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा
शुक्रबार, २९ पुस २०७९, १४ : १८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगमा कार्यरत शाखा अधिकृत गणेश प्रसाद पोखरेलविरुद्ध १ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा दाय गरेको छ ।
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चाबहिलमा निमित्त कार्यालय प्रमुखको रूपमा कार्यरत रहँदा पोखरेलले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप अख्तियारको छ ।
यससम्बन्धमा अनुसन्धान गर्दा उनले आर्जन गरेको एक करोड छ लाख तेत्तीस हजार तीन सय उनान्चालीस रूपैंया बयानब्बे पैसाको स्रोत खुल्न नसकेको अख्तियारको निष्कर्ष छ ।
सोहीअनुसार बिगो एक करोड छ लाख तेत्तीस हजार तीन सय उनान्चालीस रूपैंया बयानब्बे पैसा कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारले शुक्रबार जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान