बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अनेमसंघको राष्ट्रिय सम्मेलन गर्न १९ उपसमिति गठन

शुक्रबार, २९ पुस २०७९, १४ : ०२
शुक्रबार, २९ पुस २०७९

काठमाडौं । नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) को सातौं राष्ट्रिय सम्मेलन आगामी चैत २४ र २५ गते हुने भएको छ ।  सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको हालै बसेको बैठकले राष्ट्रिय सम्मेलनको मति तय गरेको हो । 

नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा अनेमसंघ इन्चार्ज सीता पौडेल र स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको उपस्थितिमा र संयोजक थममाया थापाको अध्यक्षतामा बसेको बैठकले सम्मेलन सम्पन्न गर्न विभिन्न १९ वटा उपसमिति पनि गठन गरेको छ । 

बैठकले नीति तथा कार्यक्रम मस्यौंदा, सामग्री व्यवस्थापन, राजनीतिक÷सांगठनिक प्रतिवेदन, निरीक्षण तथा अनुगमन, सम्पर्क समन्वय, अनेमसंघ र पार्टीको विकासमा योगदान दिने व्यक्तित्व सम्मान, जनपरिचालन, प्रतिनिधि छनौट तथा व्यवस्थापन, सांस्कृतिक, स्वास्थ्य, विधान मस्यौदा, मञ्च व्यवस्थापन, आर्थिक, प्रचारप्रसार, अतिथि सत्कार, यातायात व्यवस्थापन, आवास व्यवस्थापन, स्वयंसेवक परिचालन र खाद्य व्यवस्था उपसमिति गठन गरेको हो । 

बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा अनेमसंघ इन्चार्ज सीता पौडेलले राज्यका तीनै तहको निर्वाचनमा प्रत्यक्षतर्फ ३३ प्रतिशत  महिला उम्मेदवार बनाउनुपर्ने कुरालाई ऐन संशोधन गरी लागु गर्नुपर्नेमा जोड दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप