बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्राविको पनि निराशाजनक नतिजा

शुक्रबार, २९ पुस २०७९, १३ : १५
शुक्रबार, २९ पुस २०७९

काठमाडौँ । प्राथमिक तह शिक्षक पदको नतिजा पनि निराशाजनक नै देखिएको छ । शिक्षक सेवा आयोगले सार्वजनिक गरिरहेको प्राथमिक तह शिक्षक पदको नतिजामा कोटाभन्दा कम उम्मेवार उत्तिर्ण भइरहेका छन् । आयोगले हाल खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गर्दै आएको छ । हालसम्म सुदूरपश्चिमका ९ वटै जिल्लाको नतिजा प्रकाशित गरिसकेको छ । 

आयोगले हालसम्म प्रावि तहको बाजुरा, अछाम, डोटी, कञ्चनपुर, कैलाली, दार्चुला, वैतडी, बझाङ र डडेल्धुराको नतिजा प्रकाशित गरेको छ । जसमा बाजुरा, अछाम, डोटी, बझाङ, दार्चुलामा कोटाभन्दा कम उम्मेदवार अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । भने कञ्चनपुर, कैलाली र बैतडीमा मात्रै कोटाभन्दा बढी उत्र्तिण भएका छन् ।  

Capture
यसअघि निमावी र मावि तहमा पनि मागभन्दा कम पास भएका छन् । मावि तहमा गत वर्ष रिक्त रहेका ३७० पदका नयाँ विज्ञापन आह्वान गरेको छ । जुन जुन पद रिक्त रहेका थिए त्यही पदलाई यथावत राखेर आयोगले यो वर्षका लागि विज्ञापन आह्वान गरेको हो । यो वर्षको विज्ञापनबाट पनि पदपूर्ति हुन नसकेको खण्डमा अर्को पटक ति सिटहरू स्वतः खुला पदमा जानेछन् । निमावि तहमा पनि ६४७ कम शिक्षक सिफारिस भएका थिए । 
आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै विज्ञापन आह्वान गरेको थियो । तर, आयोगले माग गरेको भन्दा ६४७ कम शिक्षक सिफारिस भएका थिए । गणित विज्ञान, गणित, विज्ञान लगायतका विषयमा कोटाभन्दा कम शिक्षक सिफारिस भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप