गण्डकीमा कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने भएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री भएका अधिकारीलाई बिहीबार नै एकीकृत समाजवादीका संसद दीपक मनाङेले विश्वासको मत नदिने बताइसकेका छन् । यस्तै शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पनि अधिकारीलाई विश्वासको मत नदिने जनाएको हो ।
माओवादी नेतृत्वको केन्द्र सरकारलाई कांग्रेसले विश्वासको मत दिए पनि गण्डकीमा नदिने निर्णय गरेको संसदीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री अधिकारीले आजै दिउँसो २ बजे संसदबाट विश्वासको मत लिँदै छन् । गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत साजवादीबाट १ जना सांसदको छन् । यसरी अधिकारीले ३२ सांसदको विश्वासको मत पाउने देखिन्छ भने २८ संसद प्रतिपक्षमा बस्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने
-
५२ संवैधानिक नियुक्तिविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ जारी
-
सबैभन्दा बढी निर्यात भए यी पाँच वस्तु
-
सशस्त्र प्रहरी बल पर्साको १८ औं वार्षिकोत्सव
-
गभर्नर नियुक्तिमा उमेर हद र गुणाकरविरुद्धको निवेदन पेसी सूचीको ४० औँ नम्बरमा
-
दुई खर्ब बढीको पेट्रोल आयात, यी हुन् सबैभन्दा बढी आयात हुने वस्तु