सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

२३ औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्यो अनेरास्ववियु

शुक्रबार, २९ पुस २०७९, ११ : ३६
शुक्रबार, २९ पुस २०७९

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) २३ औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । पौष २३ र २७ गते काठमाडौँमा बसेको अनेरास्ववियुको बैठकले २३ औँ राष्ट्रिय महाधिवेशन २०७९ फागुन २–४ काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गर्ने निर्णय गरेको थियो । सोही आधारमा अनेरास्ववियुले आफ्नो तयारी अगाडि बढाएको हो । 

केही वर्षदेखि सङ्गठनको व्यवस्थापनमा कहीँ न कहीँ चुकिरहेको भन्दै अनेरास्ववियुले सङ्गठनको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउन महाधिवेशन गर्न लागेको हो । 

अनेरास्ववियुको महाधिवेशन ७ वर्षदेखि हुन सकेको छैन । गत असोज १ र २ गते काठमाडौँमा सम्पन्न तेस्रो नीति तथा विधान महाधिवेशनले ६ महिनाभित्रमा महाधिवेशन गर्ने म्याण्डेड दिएको थियो । 

अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयले चैत ५ गते गर्न लागेको स्ववियु निर्वाचनअघि नै महाधिवेशन गर्न लागेको हो । अनेरास्ववियुले अवधि पुरा भई सम्मेलन-अधिवेशन नभएका मातहतका कमिटीहरूको सम्मेलन-अधिवेशन माघ १५ गतेभित्र गर्ने निर्णय गरेको छ । माघ १५ गतेभन्दा पछाडि तोकिएका मातहत कमिटीका भेला-अधिवेशनहरू राष्ट्रिय महाधिवेशन सम्म स्थगित गर्ने निर्णय समेत बैठकले गरेको थियो । 

महाधिवेशनका लागि अध्यक्ष सुनिता बरालको संयोजकत्वमा मूल व्यवस्थापन समिति, सङ्गठनका महासचिव समिक बडालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र सङ्गठनका कोषाध्यक्ष जेनिश लामाको संयोजकत्वमा आर्थिक समिति निर्माण गरिएको छ । अन्य उपसमितिहरू मूल व्यवस्थापन समितिको बैठक बसी निर्माण गरिने अनेरास्ववियुले जनाएको छ ।

322373703_1250738542504456_4465607673018045189_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप