आमालाई तरबार ताक्ने छोरा पक्राउ
शुक्रबार, २९ पुस २०७९, ११ : ०४

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ३ खस्यौलीमा आमालाई काट्न भनेर तरबार देखाउने छोरा पक्राउ परेका छन् ।
रिब्दीकोट ३ बस्ने २४ वर्षीय हिराबहादुर दर्लामीले आफ्नो आमा चित्रकुमारी दर्लामीलाई अश्लील गाली गलौचसहित तरबारले अचानोमा राखी काट्ने भनेर तरबार देखाएर धाक धम्की दिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रवक्ता वीरेन्द्र थापाले बताए ।
थापाका अनुसार प्रहरी चौकी हार्थोकबाट घटनाको सम्बन्धमा जानकारी हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिई तरबार र काठको अचानोसहित हिराबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको शंखमुलस्थित इनारमा खसेका व्यक्तिको उद्धार
-
प्रधानमन्त्री ओलीको दृश्य काटिएको ‘राजागञ्ज’ आजबाट प्रदर्शनमा
-
ट्रम्पसँग डराएर सिधै नाइँ भन्न नसकेका हुन् पुटिनले ?
-
मधेसमा हर्षोल्लासका साथ आज होली मनाइँदै
-
अभियन्ता पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार
-
जन्मजात नागरिकतामा आंशिक रोक लगाउन सर्वोच्च अदालतलाई ट्रम्प प्रशासनको अनुरोध