अमेरिकामा आयोजित मिस युनिभर्सको प्रतियोगितामा सोफियाको ‘देवी अवतार’
शुक्रबार, २९ पुस २०७९, १० : ४७
![अमेरिकामा आयोजित मिस युनिभर्सको प्रतियोगितामा सोफियाको ‘देवी अवतार’](https://npcdn.ratopati.com/media/news/sophia-bhujel_1pcZWjZrLK.jpg)
काठमाडौँ । अमेरिकाको न्यु ओर्लियन्समा आयोजित मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी सोफिया भुजेल ‘देवी’को अवतारमा देखिएकी छिन् ।
७१ औं संस्करणको मिस युनिभर्समा ‘मिस युनिभर्स नेपाल २०२२’को ताज सहित प्रतियोगितामा सहभागी सोफियाले नेशनल कस्ट्युम चरणमा त्रिशुल समातेर देवीको लुक्समा स्टेजमा उत्रिएकी छिन् । यो उनको पहिलो प्रस्तुती हो । सृष्टिकी मुहान नारीलाई प्रेरणाको स्रोतको रुपमा लिनुपर्छ भन्ने सन्देश दिने प्रस्तुतीको उनको कन्सेप्ट प्रेरणा शाहले तयार पारेकी हुन् ।
८० देशका प्रतियोगी सहभागीले प्रतियोगीताको पहिलो दिन नेशनल कस्ट्युम प्रस्तुत गरेका छन् । यसपटकको मिस युनिभर्सको प्रतियोगिता बिहिबारदेखि सुरु भएको हो । अन्तिम स्पर्धा १४ जनवरी अर्थात् शनिबार आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामन्थासँगको सम्बन्धविच्छेदबारे नागा चैतन्यले भने, 'मलाई अपराधीजस्तो व्यवहार गरियो'
-
कानुन व्यवसायी पार्षद् निर्वाचन : मतपरिणाम सार्वजनिक
-
दिल्ली विधानसभा चुनावमा निल भएपछि राहुल गान्धीले के भने ?
-
मुक्तकमैया र कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : मन्त्री राणा
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल
-
दार्चुलामा भारत सरकारको सहयोगमा निर्मित जिल्लामा स्वास्थ्य चौकी भवन उद्घाटन