शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

अमेरिकामा आयोजित मिस युनिभर्सको प्रतियोगितामा सोफियाको ‘देवी अवतार’

शुक्रबार, २९ पुस २०७९, १० : ४७
शुक्रबार, २९ पुस २०७९

काठमाडौँ । अमेरिकाको न्यु ओर्लियन्समा आयोजित मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी सोफिया भुजेल ‘देवी’को अवतारमा देखिएकी छिन् ।

sophia bhujel1 ७१ औं संस्करणको मिस युनिभर्समा ‘मिस युनिभर्स नेपाल २०२२’को ताज सहित प्रतियोगितामा सहभागी सोफियाले नेशनल कस्ट्युम चरणमा त्रिशुल समातेर देवीको लुक्समा स्टेजमा उत्रिएकी छिन् । यो उनको पहिलो प्रस्तुती हो । सृष्टिकी मुहान नारीलाई प्रेरणाको स्रोतको रुपमा लिनुपर्छ भन्ने सन्देश दिने प्रस्तुतीको उनको कन्सेप्ट प्रेरणा शाहले तयार पारेकी हुन् ।

८० देशका प्रतियोगी सहभागीले प्रतियोगीताको पहिलो दिन नेशनल कस्ट्युम प्रस्तुत गरेका छन् । यसपटकको मिस युनिभर्सको प्रतियोगिता  बिहिबारदेखि सुरु भएको हो । अन्तिम स्पर्धा १४ जनवरी अर्थात् शनिबार आयोजना हुनेछ ।

sophia bhujel2sophia bhujel3sophia bhujel4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप