कर्णालीमा माओवादीले नयाँलाई मन्त्री बन्न अवसर दिने
शुक्रबार, २९ पुस २०७९, १० : २५

सुर्खेत । माओवादी केन्द्रले कर्णाली प्रदेशमा पुरानालाई यो पटक मन्त्री नबनाउने भएको छ । प्रदेश इन्चार्ज कालीबहादुर मल्लले दिएको जानकारीअनुसार पुराना कसैलाई पनि मन्त्री नबनाउने निर्णय भएको छ ।
माओवादीबाट डोल्पाका वीरबहादुर र सुर्खेतका विन्धमान विष्ट प्रदेशसभामा दोहोरिएका छन् । तर पार्टीभित्र नयाँलाई मात्र मन्त्री बनाउने सहमति भइसकेको छ ।
बिहीबार मात्र माओवादीबाट मुगुका मंगलबहादुर शाहीले विना विभागीय मन्त्रीको रुपमा मात्र शपथ लिएका छन् । मन्त्रीमण्डल विस्तारका लागि छलफल जारी रहेको छ । कर्णालीमा एमाले र माओवादीबीच आधा आधा कार्यकाल सरकार चलाउने सहमति भएको छ ।
न्युज कारखाना