एल्भिस प्रेस्लेकी छोरी लिसाको ५४ वर्षको उमेरमा निधन
क्यालिफोर्निया । रक एन्ड रोल ‘लिजेन्ड’ एल्भिस प्रेस्लेकी एक मात्र सन्तान लिसा मेरीको ५४ वर्षको उमेरमा निधन भएको छ । एल्भिसकी पत्नी प्रिस्किला प्रेस्लेले उनको निधनबारे जानकारी दिएकी हुन् । ‘मैले भारी मनका साथ मेरी सुन्दर छोरी लिसाले हामीलाई छाडेर गएको कुरा जानकारी दिन चाहन्छु,’ उनले भनेकी छन् ।
गायिकासमेत रहेकी लिसा मेरीलाई बिहीबार अस्पताल भर्ना गरिएको थियो । मिडिया रिपोर्टहरूमा उनलाई हृदयाघात भएको उल्लेख गरिएको छ । अमेरिकी सञ्चारमाध्यम टीएमजीका अनुसार उनलाई क्यालिफोर्नियास्थित निवासमा अचेत अवस्थामा फेला पारिएको थियो । उनकी आमाले भने उनको निधनको कारणबारे केही पनि खुलाएकी छैनन् ।
सन् १९६८ मा जन्मिएकी लिसा मेरीले आफ्नो पिताको पदचाप पछ्याउँदै संगीतमा आफ्नो करियर बनाएकी थिइन् । उनले तीनवटा एल्बम निकालेकी थिइन् जसमध्ये सन् २००३ मा जारी गरिएको उनको डेब्यू एल्बमले राम्रो प्रतिक्रिया पाएको थियो ।
उनले पप लिजेन्ड माइकल ज्याकसन, अभिनेता निकोलस केज र संगीतकार ड्यानी कियो र माइकल लकवुडसँग विवाह गरेकी थिइन् । उनका तीन सन्तान रहेका थिए जसमध्ये छोरा बेन्जामिनले सन् २०२० मा आत्महत्या गरेका थिए । लिसा मेरीलाई पछिल्लोपटक मंगलबार राति गोल्डन ग्लोब अवार्डमा सार्वजनिक रुपमा देखिएको थियो ।
–बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुपदार्थ दुर्व्यसनी न्यूनीकरण गर्न कर्णालीमा पुनर्स्थापना केन्द्र सञ्चालन गरिने
-
गुगल म्याप हेरेरै प्रहरीले सुल्झाए हत्याको घटना
-
यु–१९ एसिया कप खेलेर नेपाली टोली स्वदेश फर्कियो, तस्बिरहरू
-
आसिफ र आरिफका बुबा भन्छन्– नेपाली क्रिकेटले विश्वकप जितेको हेर्ने धोको छ
-
नेता कार्यकर्ताको फेसबुकमा राप्रपाको निगरानी, कार्यविधिले रोक्ला अराजकता ?
-
‘आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’