रुपन्देहीको मर्चवारमा गोली चल्यो, भारतीयसहित ३ जना प्रहरीको नियन्त्रणमा

रुपन्देही । रुपन्देहीको नेपाल भारत सिमा क्षेत्रमा गोली चलेको छ । बिहीबार राति करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ क्षेत्रमा हवाइ फायर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले पुष्टि गरे ।
जिल्ला प्रहरी कार्यालय अहिले तस्करी न्युनिकरण गर्न लागेको छ, तस्करीको सम्भावित क्षेत्रको रुपमा मानिने सो ठाउँ तस्करहरुले बर्चस्व देखाउनका लागि हवाई फायर गरेको अनुमान गरिएको छ ।
गोलीको आवाज सुनिए पनि कसले किन चलायो भन्ने खुल्न सकेको छैन, अनुसन्धानको काम जारी रहेको र मानवीय क्षति केही नभए पनि गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थल नजिकैबाट प्रहरीले भारतीय नागरिकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । बढ्दो हुस्सुको कारण घटना स्थलतर्फ प्रहरी सोचे अनुरुप अनुसन्धान गर्न सकेको छैन ।
केही दिन देखि प्रहरीले सीमामा तस्करी शून्य गर्न कडाई गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी कलाकारहरूसँग काम गरे देशद्रोहको मुद्दा !
-
इरान–अमेरिका वार्ता नयाँ चरणमा : विशेषज्ञहरु मार्फत समाधानको खोजी
-
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन
-
राष्ट्रङ्घद्वारा जम्मू–कश्मीरमा भएको आक्रमणको निन्दा गर्दै न्यायको माग
-
भारतको पहलगाममा भएको घटनाप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त
-
तस्बिरमा हेर्नुहोस् एनएसएल विजेता ललितपुरको खुसियाली