दीपक मनाङेले भने– मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नँ

पोखरा । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरूङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री खगराज गुरूङलाई विश्वासको मत नदिने बताएका छन् । उनले बिहिबार फेसबुकमा स्टाटस् लेख्दै शुक्रबार हुने मुख्यमन्त्रीको विश्वासको मतमा आफूले विपक्षमा मतदान गर्ने बताएका हुन् ।
मुख्यमन्त्री अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरूङसँग दाबी पेस गर्न जाँदा सांसद मनाङेको पनि समर्थन पाएका थिए । तर, उनले अधिकारी नेतृत्वले मन्त्री नदिने संकेत पाएपछि विश्वासको मत नदिने अवस्थामा पुगेको उनी निकट श्रोतले बतायो । उनीसहित माओवादीका ८, राप्रपाका २ र एमालेका २२ गरी ३३ संसदको हस्ताक्षर लिएर मुख्यमन्त्री अधिकारीले दावी पेस गरेका थिए ।
यस्तो छ फेसबुक स्टाटस् :
गण्डकी प्रदेशमा एमालेबाट प्रस्तावित मुख्यमन्त्री माननीय खगराज अधिकारीले लिन गएको विश्वासको मतमा म मनाङ जिल्ला (ख) बाट निर्विरोध निर्वाचित प्रदेशसभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु । एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ मतबाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानुभन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु । धन्यवाद !!
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकन स्वाइन फिभरले भटाभट बङ्गुर मरेपछि ओसारपसारमा रोक
-
रातोपाटी ब्रिफिङ : ६ महिनाको अवधिमा सरकारको काम जम्मा ४.२ प्रतिशतदेखि यूएईले पाँच हजार नेपाली घरेलु कामदार लैजानेसम्म
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्