दिल्लीमा वर्षा, न्यूनतम तापमान ९.३ डिग्री मापन
बिहीबार, २८ पुस २०७९, २१ : ४१

नयाँ दिल्ली । दिल्लीमा बिहीबार हल्का वर्षा भएको छ । नयाँ दिल्लीको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस मापन गरिएको छ, जुन यस मौसमको औसतभन्दा दुई डिग्री बढी हो ।
भारतको मौसम विज्ञान विभागका अनुसार बिहीबार दिल्लीको अधिकतम तापक्रम सामान्यभन्दा दुई डिग्री बढी २१.६ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार साँझ ६ः३० बजेको सापेक्षिक आर्द्रता ७३ प्रतिशत रहेको थियो ।
पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान र पश्चिमी उत्तर प्रदेशमा पश्चिमी अवरुद्धता र सतहमा लागेको हावाका कारण कुहिरोको स्थितिमा उल्लेखनीय सुधार आएको छ ।
पूर्वी उत्तर प्रदेश र बिहारमा बाक्लो कुहिरो लाग्ने क्रम जारी रहेको बताउँदै भारतीय मौसम विज्ञान विभाग (आईएमडी)ले जनवरी १५ देखि दिल्ली र यसका छिमेकी राज्यका केही स्थानमा शीतलहर पुनः जारी रहने जनाएको छ । (रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनले क्रिमियामाथिको आफ्नो दाबी त्याग्ला ?
-
गलत नियतका साथ रिपोर्ट आएको छ तर भ्रष्टाचार भएको छैन भन्न मिल्दैन
-
गोहीको अण्डा सङ्कलन सुरु
-
रुस-युक्रेन युद्धमा सेना पठाएकोबारे के भन्छ उत्तर कोरियाको सरकारी मिडिया ?
-
पोखरा विमानस्थलसम्बन्धी छानबिन रिपोर्ट हावादारी
-
ऋण चुक्ता गर्न सिरियालाई साउदी र कतारले सहयोग गर्ने