हिमालयन बैंकद्वारा सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको तीसौँ वार्षिक साधारण सभाले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
बिहीबार काठमाडौँमा बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई १०० बराबर ८०.२८ (सिभिल बैंकको १०० कित्ता शेयर हुने सेयर धनीहरूले हिमालयन बैंकको ८०.२८ कित्ता शेयर पाउने) शेयर आदान प्रदान अनुपातमा प्राप्ति गर्ने प्रस्ताव लगायतका अन्य प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको हो ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति पश्चात् ‘हिमालयन बैंक लिमिटेड’ कै नाममा एकीकृत कारोबार गर्नेछ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको कूल अधिकृत पुँजी रु. २६ अर्ब हुनेछ भने जारी तथा चुक्ता पुँजी रु. २१.६५ अर्ब भन्दा बढी हुनेछ । प्राप्ति पश्चात् बैंकको कूल पूँजीकोष रु. ३६.६९ अर्ब भन्दा बढी हुनेछ ।
त्यस्तै सभाले बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित पनि गरेको छ । आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहित सोही आ.व. को मुनाफाबाट आफ्ना सेयर धनीहरुलाई चुक्ता पुँजीको ८% बोनस शेयरले हुने जम्मा रु. १.०३ अर्ब तथा ११.११ % नगद लाभांशले (करसहित) हुने जम्मा रु. १.४४ गरी कुल १९.११% लाभांश प्रदान गर्ने निर्णय पारित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होली पर्वमा राष्ट्रपतिको सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने
-
चार दिन यता काठमाडौंंसहित देशभर मौसम गडबडी, आज तीन प्रदेशमा पानी पर्ने
-
तनावपूर्ण मड्रिड डर्बी : एटलेटिकोमाथि नाटकीय जित निकाल्दै रियाल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
-
फागुपूर्णिमाको दिन आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’