शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

मधेश प्रदेश नेकपा एकीकृत समाजवादीको दलको नेतामा न्यौपाने

बिहीबार, २८ पुस २०७९, २१ : १९
बिहीबार, २८ पुस २०७९

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा गोविन्दबहादुर न्यौपाने चयन भएको छ । विहीबार मधेश प्रदेशमा संसदीय दलको नेता चयन गर्न बसेको बैठकबाट दलको नेतामा न्यौपाने सर्वसम्मत रुपमा चयन भएका छन् । न्यौपाने सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’बाट र्निवाचित भएका हुन् ।

यसअघि पनि उनी सोही क्षेत्रबाट वाम गठबन्धनको उम्मेदवार भएर निर्वाचित भएका थिए । यसपटक प्रदेशसभामा ज्येष्ठ सदस्य हुन् ।  न्यौपाने पार्टीको केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्जसमेत छन् । नेकपा (एस)को मधेश प्रदेशमा सात जना सांसद छन् । पार्टी प्रदेशमा यसपालि प्रतिपक्षको भूमिकामा रहने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप