मधेश प्रदेश नेकपा एकीकृत समाजवादीको दलको नेतामा न्यौपाने
बिहीबार, २८ पुस २०७९, २१ : १९
जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा गोविन्दबहादुर न्यौपाने चयन भएको छ । विहीबार मधेश प्रदेशमा संसदीय दलको नेता चयन गर्न बसेको बैठकबाट दलको नेतामा न्यौपाने सर्वसम्मत रुपमा चयन भएका छन् । न्यौपाने सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’बाट र्निवाचित भएका हुन् ।
यसअघि पनि उनी सोही क्षेत्रबाट वाम गठबन्धनको उम्मेदवार भएर निर्वाचित भएका थिए । यसपटक प्रदेशसभामा ज्येष्ठ सदस्य हुन् । न्यौपाने पार्टीको केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्जसमेत छन् । नेकपा (एस)को मधेश प्रदेशमा सात जना सांसद छन् । पार्टी प्रदेशमा यसपालि प्रतिपक्षको भूमिकामा रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद व्यवस्थापन गर्न ३ सय नगर प्रहरी परिचालन गरेका छौँ : बालेन
-
सप्तकोशीको टापुमा ३० जना फसे, पानीको बहाब ५ लाख क्यूसेक पुग्न लाग्यो
-
नख्खु खोलाले बगाएर ल्याएका सशस्त्र प्रहरीका उद्दारकर्ताको सफल रेस्क्यु (तस्बिरहरु)
-
बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु
-
काभ्रेको नार्केमा रोशी खोलाले करिब १० पक्की घर बगायो
-
डुबानमा काठमाडौँका करिडोर