भारतीय मरियन बायोटेक कम्पनीबाट उत्पादित खोकीको औषधि प्रयोग नगर्न डब्ल्यूएचओको आग्रह
![भारतीय मरियन बायोटेक कम्पनीबाट उत्पादित खोकीको औषधि प्रयोग नगर्न डब्ल्यूएचओको आग्रह](https://rpcdn.ratopati.com/media/albums/WHO_hAg7Oi5CKC.jpg)
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले भारतीय निजी कम्पनी मरियन बायोटेकबाट उत्पादित खोकीको औषधि प्रयोग नगर्न सिफारिस गरेको छ । सो कम्पनीबाट उत्पादित एम्ब्रोनल सिरप र डीओके–१ म्याक्स सिरप नामक खोकीको औषधि प्रयोग नगर्न डब्ल्यूएचओले सिफारिस गरेको हो ।
डब्ल्यूएचओलाई हालसम्म यी दुवै औषधि उत्पादकले सुरक्षा र गुणस्तरताको ग्यारेन्टी प्रदान नगरेको जनाइएको छ । त्यसैले यस कम्पनीबाट उत्पादित औषधि गुणस्तर जाँचमा कमसल पाइएको भन्दै एम्ब्रोनल सिरप र डीओके–१ म्याक्स सिरप नामक औषधि बिक्री रोक्न डब्ल्यूएचओले निर्देशन दिएको छ ।
यता नेपालको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले नेपालमा उक्त कम्पनीको कप सिरप विक्री वितरणका लागि अनुमति नदिइएको बताए । ‘मरियन बायोटेक कम्पनीले उत्पादन गरेको एम्ब्रोनल सिरप र डीओके–१ म्याक्स सिरप नामक औषधि विक्री वितरणका लागि अनुमति दिइएको छैन,’ उनले भने ।
उज्वेकिस्तानमा यो औषधिको प्रयोगबाट १९ बालबालिकाको मृत्यु भएको बताइएको थियो । यता भारतको उत्तर प्रदेशको खाद्य सुरक्षा एवं औषधि प्रशासनले मरियन बायोटेक कम्पनीको लाइसेन्स रद्द गरिदिएको छ ।
नियामक निकायलाई सल्लाह
डब्ल्यूएचओले रोगीहरुलाई थप हानी हुनबाट जोगाउन मरियन बायोटेक कम्पनीबाट उपत्पादित कफ सिरप प्रयोग नगर्न आह्वान गरेको छ । यी उत्पादनहरुबाट प्रभावित हुन सक्ने देशहरु र क्षेत्रहरुमा आपूर्ति निगरानीमा ध्यान दिन अनुरोधसमेत गरेको छ ।
राष्ट्रिय नियामक निकायहरु, स्वास्थ्यका अधिकारी र देशहरुलाई मापदण्ड पूरा नगरी उत्पादन गरिएको कफ सिरप (खोकीको औषधि)बारे जानकारी गराउन आग्रह गरेको छ । अनौपचारिक र अनियमित बजार बढ्दो भएकाले सम्बन्धित देश, राष्ट्रिय नियामक निकाय र स्वास्थ्य अधिकारीलाई सो औषधि फेलापरेमा तुरुन्तै डब्ल्युएचओलाई जानकारी दिन आग्रह गरिएको छ ।
यो औषधि सेवन गर्दा हुने जोमिखहरु
एम्ब्रोनल सिरप र डीओके–१ म्याक्स सिरपमा प्रयोग गरिएको डाइथिलिन ग्लाइकोल र इथिलिन ग्याइकोल मानवका लागि विषाक्त हुन्छन् । तिनको उपभोग घातक साबित हुन सक्छ । यी औषधि असुरक्षित र विशेष गरी बालबालिकाहरुका लागि गम्भीर एवं मृत्युसमेत हुन सक्ने डब्ल्यूएचओले जनाएको छ । यो औषधिले पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, पिसाब फेर्न नसक्ने, टाउको दुख्ने, मानसिक स्थितिमा परिवर्तन र मिर्गौलामा गम्भीर चोट लाग्ने भई मृत्यु समेत निम्त्याउन सक्ने डब्ल्यूएचओको भनाइ छ ।
यस्तै, विशेष गरी प्रोपाइलिन ग्लाइकोल, पोलिथीन ग्लाइकोल, सोर्बिटोल र ग्लिसिन र ग्लिसरोल लगायतका सहायक तत्व भएका औषधि प्रयोग गर्नु अघि इथिलीन ग्लाइकोल र डाइथिलिन ग्लाइकोल जस्ता दूषित पदार्थहरुको परीक्षण गर्न समेत डब्ल्युएचओले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता