कर्णालीका मुख्यमन्त्रीको पहिलो निर्णय : प्रत्येक वर्ष १० हजार बेरोजगारलाई रोजगारी दिने

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले प्रत्येक वर्ष १० हजार बेरोजगारलाई रोजगारी दिनका लागि कार्यविधि बनाइने जनाएका छन् ।
उनले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै पहिलो निर्णयको रूपमा सो कुरा अघि सारेका हुन् । कर्णाली विकटता, गरिबी रहेको भन्दै शर्माले खुसी र सुखी प्राप्त गर्ने अभिभारा आफ्नो अगाडि चुनौतीको रूपमा रहेको बताए ।
‘सुखी हाम्रो आर्थिक सम्पन्नतासँग जोडिएको छ भने खुसी हाम्रो सामाजिक न्यायसँग जोडिएको छ,’ उनले भने,‘ त्यस कारण आर्थिक रूपमा सम्पन्नता र सामाजिक न्याय पुरा गर्नेतर्फ हामीले काम गर्नुपर्नेछ । यो २ ओटा अभिभारा पुरा गर्नका निमित्त हामीले हाम्रो पहिलो शत्रु गरिबी देखेका छौँ ।’
मुख्यमन्त्री शर्माले कर्णाली समृद्धिको अभियान अन्तर्गत प्रतिवर्ष कम्तीमा १० हजार बेरोजगारलाई रोजगार प्रदान गर्न बताए । ‘त्यसको निम्ति एउटा, कार्यविधि, नीति र बजेट तर्जुमा गरेर अगाडि बढ्ने निर्णय मेरो छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?