सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्ताहरुलाई छुट
बिहीबार, २८ पुस २०७९, १७ : ५७
काठमाडौँ । सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ । ग्राहकहरूले सानिमा बैंकको भिसा कार्ड मार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन् । काठमाडौं, ललितपुर, भैरहवा, वीरगन्ज, चितवन र पोखराको ३३२ मर्चेन्टहरुमा छुट उपलब्ध हुनेछ ।
साथै, सहकार्य भएका मर्चेन्टहरुको विवरण, छुटको विवरण र छुट अवधि बैंकको आधिकारिक वेबसाइट https://bit.ly/3igOa73 मा उपलब्ध रहने बैंकले जनाएको छ ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (कजयउउष्लन यगतभित), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मसीजन्य पत्रिका प्रयोग गरी प्रशोधन गर्दै गरेको ६४ किलो केक नष्ट
-
अध्यक्ष प्रचण्ड खबरदारी सभामा सहभागी हुन म्याग्दी जाँदै
-
चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक
-
नेपाल चेम्बर अफ कमर्स एक्सपोमा कजारिया टाइल्स
-
सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री सिंह
-
पाथीभरामा केबलकार निर्माण प्रकरण : आन्दोलनरत पक्षद्वारा वार्ता सहजीकरण समिति गठन