बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एलओडी क्लब पर्‍यो ‘डिजे म्याग १००’मा, समर्थकमाझ गर्‍यो भोटको अपिल

बिहीबार, २८ पुस २०७९, १५ : ५५
बिहीबार, २८ पुस २०७९

काठमाडौँ । ठमेलस्थित ‘एलओडी’ क्लब यस वर्ष पनि ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ को क्लब च्याम्पियनमा एलओडी परेको हो । सन २०२२ मा एलओडी विश्वको उत्कृष्ट क्लबको ५२औँ स्थानमा परेको थियो ।

म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ । फोटोलाई स्क्यान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ । एलओडीका अनुसार डिजे म्यागको वेभ साइटमा जानुपर्छ । त्यसपश्चात् बेलायतको झन्डामा क्लिक गर्नुपर्छ ।

मत गर्नका पुनः फेसबुक वा गुगलको अप्सन आउँछ । डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा 'इट्स कुल लेट्स गो' मा क्लिक गर्नुपर्छ । प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् । अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौँ सहरको नाम उल्लेख गर्नुपर्नेछ ।

एलओडी डिजे म्याग टप १०० को छनौटमा पुनः पर्न सफल भएको क्लबका निर्देशक भुपेन शमशेर कुँवरले जानकारी दिए । सय क्लबको छनौटमा पुनः पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रका लागि केही गर्न सक्न जाने सन्देश जाने धारण व्यक्त गरे । ‘एलओडी क्लब डिजे म्यागको टप १०० भित्र परिसकेको छ,’ कुँवर भन्छन्, ‘सन् २०२२ टप १०० को एलओडी ५२ स्थानमा परिसकेको छ । क्लबकै कारण पनि नेपालको नाम विश्वसामु फैलाउन सफल भएका छौ । यस पटक पनि राम्रो स्तरमा पर्न सक्ने गरी काम गरिरहेका छौ ।‘

पुनः उत्कृष्ट क्लबमा पार्न सबै जनाको साथ आवश्यक रहेको उनले प्रस्ट पारे । रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने उनको भनाइ छ । ५२औ स्थानमा परिसकेपछि मनोरञ्जन गर्न आउने पर्यटकको सङ्ख्या बढेको कुँवरको भनाइ छ । सन २०२३ मा टप १०० मा क्लब पर्न सकेमा स्वदेशी तथा विदेशी क्लबका पारखीको सङ्ख्या बढ्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप