बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

सत्ता गठबन्धनबाट बागमतीको सभामुखमा पाठकको उम्मेदवारी दर्ता

बिहीबार, २८ पुस २०७९, १३ : ५५
बिहीबार, २८ पुस २०७९

मकवानपुर । बागमती प्रदेशको सभामुख पदका लागि राप्रपाका भुवन कुमार पाठकले मनोनयन दर्ता गरेका छन् । बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर पाठकले सभामुख पदमा मनोनयन दर्ता गरेका हुन् । उनले एमालेका सांसद जगन्नाथ थपलियाको प्रस्ताव र माओवादी केन्द्रका युवराज दुलालको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । 

उनले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम (२) बमोजिम मनोनयन दर्ता गरेका हुन् । उनी राप्रपाको कोटामा काठमाडौंबाट समानुपातिक सांसद चुनिएका हुन् । 

११० सदस्यीय बागमती प्रदेशसभामा राप्रपाको १३ जना सांसद रहेका छन् भने उनलाई सत्त गठबन्धनका ५ ओटा दलहरुको समर्थन रहेको छ । पाठकलाई एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरि ७० जनाको समर्थन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप