आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विद्यालयमा योग दिवस मनाउन निर्देशन

बिहीबार, २८ पुस २०७९, १३ : २८
बिहीबार, २८ पुस २०७९

काठमाडौं । शिक्षा तथा मावन स्रोत विकास केन्द्रले राष्ट्रिय योग दिवस मनाउन देशभरका विद्यालयहरूलाई निर्देशन दिएको छ । माघ १ गते स्वस्थ जीवनको चाहना ः योग शिक्षा र साधना भन्ने नारासहित राष्ट्रिय योग दिवस २०७९ मनाइदैंछ ।  उक्त कार्यक्रम भव्य रूपमा मनाउनको लागि आवश्यक समन्वय गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ । विद्यालयहरूमा राष्ट्रिय योग दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउन भनेको हो । 

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समेत राष्ट्रिय योग दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउन आग्रह गरेको थियो । मन्त्रालय र अन्तर्गतका निकाय, सम्पूर्ण शैक्षिक संस्थाहरू तथा योगसँग सम्बन्धित संस्थाहरूलाई राष्ट्रिय योग दिवसलाई योग सम्बन्धी कार्यक्रम गरी मनाउने व्यवस्था गर्न आग्रह गरेको छ ।  त्यस्तै योगसँग सम्बन्धित संस्थाहरूले आ–आफ्नो तर्फबाट अनुकूल हुने किसिमको योग सम्बन्धी सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने र सञ्चालन गरिने कार्यक्रमको जानकारी मन्त्रालयको विद्यालय शिक्षा महाशाखालाई गराउन आग्रह गरेको छ । 

त्यस्तै सञ्चारमाध्यमलाई समेत योग सम्बन्धी लेख, रचना, सूचना समाचारलाई प्राथमिकता दिई प्रचार प्रसारको व्यवस्था गर्नका लागि साथै योग सम्बन्धी बहस कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप