टपर एक महिला, एक पुरुषलाई स्ववियुको पदेन सदस्य बनाउनुपर्छ : अनेरास्ववियु अध्यक्ष पराजुली
काठमाडौँ । त्रिविको निर्वाचन मिति घोषणा भएसँगै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले पनि तयारी थालेको छ । अहिलेको निर्वाचनलाई सकारात्मक लिएको अनेरास्ववियुले निर्वाचन हुनु पूर्व विभिन्न सर्तहरू अघि सारेको छ ।
पहिलो पटक स्ववियु निर्वाचनलाई फेस गर्न लागेको अनेरास्ववियुले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्नुपर्नेमा जोड दिएको छ । प्रस्तुत छ, स्ववियु निर्वाचन र तयारी लगायतका विषयमा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीसँग संक्षिप्त कुराकानीः
तपाईंहरुको संगठनबाट स्ववियु निर्वाचनको तयारी थाल्नुभयो ?
हो, थालिसकेका छौँ । जिल्ला, प्रदेश भेलाहरू आयोजना गरिरहेका छौँ । हामीले राखेका विभिन्न मागहरू सम्बोधन हुनुपर्छ भन्ने पहिलो अडान हो ।
तर स्ववियु निर्वाचनबारे विवाद पनि छ भन्ने छ नि ?
यसभित्रको अन्तरकुन्तरका कुरा हेर्दा गम्भीर छ । त्रिविका ६३ वटा आंगिक क्याम्पसमा मात्र निर्वाचन गर्ने कि, सामुदायिक, सरकारी तथा निजी क्याम्पससहितको निर्वाचन गर्ने भन्ने कुराको अहिलेसम्म टुङ्गो त्रिविले गर्न सकेको छैन ।
सबै विश्वविद्यालयमा स्ववियु निर्वाचन गर्नु आवश्यक छ । तर, राज्यको तयारी हेर्दा देखिएको छैन । यो व्यवस्थालाई बुझेको, यो व्यवस्थाअनुसार हाँक्न सक्ने खालको नेतृत्व आउनुपर्छ । यसमा विश्वविद्यालय पनि मौन, सरकार पनि मौन । यस्तो तरिकाले स्ववियु निर्वाचन होला जस्तो लाग्दैन ।
हाम्रा माग सबै संगठनको बैठक हुँदा राखेकाले लगभग सबै संगठनहरू पूर्ण समानुपातिक जाने कुरामा सहमत छन् । टपर एक महिला, एक पुरुषलाई पदेन सदस्य बनाउनुपर्छ भन्ने कुरामा कसैको पनि असहमति छैन ।
भनेपछि तपाईंहरूलाई चुनाव हुन्छ जस्तो लागेको छैन, तपाईंहरूले तयारी थाल्नुभएको जस्तो छैन, होइन त ?
हैन, हामीले संगठनको तयारी थालेका छौँ । निर्वाचनमा जाने कुरा भयो । स्ववियुको निर्वाचन प्रणालीमा अलिकति परिवर्तन गर्नुपर्छ भन्ने हाम्रो माग छ । त्रिविका पदाधिकारीको बैठकमा हामीले यी कुराहरू राखेका छौँ । अहिले त न समानुपातिक, न प्रत्यक्ष । यो त मिश्रित निर्वाचन प्रणालीअनुसार अगाडि बढिरहेको अवस्था छ ।
हामीले पहिलो कुरा त पूर्ण समानुपातिक स्ववियु निर्वाचन प्रणाली अपनाउने भनेका छौँ । दोस्रो भनेको स्ववियुमा राजनीतिक दलले जितेजस्तो कोही एमाले, कोही काँग्रेस, कोही समाजवादीले जितेजस्तो प्रतिस्पर्धा गरेर अपनाउनुपर्ने देखिन्छ । त्यसलाई अलिकति परिमार्जन गरेर कलेजका टपर एक महिला, एक पुरूष स्वतः स्ववियुमा निर्वाचनमा पदेन सदस्यको रूपमा रहन पाउने व्यवस्था गर्नुपर्छ भनेका छौँ । सामुदायिक अधिकारको रूपमा विद्यार्थीसँग स्ववियु हुन्छ भनेका छौँ ।
यी मागहरूको सुनुवाई नभएकमा तपाईंहरू चुनावमा सहभागी नहुने हो ?
हाम्रा माग सबै संगठनको बैठक हुँदा राखेकाले लगभग सबै संगठनहरू पूर्ण समानुपातिक जाने कुरामा सहमत छन् । टपर एक महिला, एक पुरुषलाई पदेन सदस्य बनाउनुपर्छ भन्ने कुरामा कसैको पनि असहमति छैन ।
आंगिक क्याम्पसका निम्ति मात्र स्ववियु निर्वाचन गर्ने तर त्यो बाहेकका क्याम्पसहरूमा विद्यार्थी धेरै छन् । त्यसरी चुनाव नगर्ने भनेर पोलिसी निर्माण गरिन्छ भने त हामी त्यसका विरुद्धमा स्वाभाविक रूपमा उत्रिन्छौं ।
पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ भन्नुको कारण के हो ?
अहिलेसम्म प्रत्यक्ष रूपमा चुनावमा उठेका छौँ । देशको निर्वाचन जुन ढंगबाट महँगो भयो नि, धनीहरूले मात्र निर्वाचन जित्ने प्रणाली निर्माण गरियो, यसलाई परिवर्तन गर्नुपर्छ भनिरहेका छौँ ।
हिजो पञ्चायती व्यवस्था फाल्न सबैभन्दा ठूलो भूमिका निर्वाह गर्ने स्ववियु, हिजो राजा फाल्न जनमत गर्नका निम्ति आह्वान गर्ने स्ववियु आज देशको निर्वाचन महँगो बनिरहेको छ । यसका निम्ति विकल्प पनि त छ है भनेर सन्देश दिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
हाम्रा माग सबै संगठनको बैठक हुँदा राखेकाले लगभग सबै संगठनहरू पूर्ण समानुपातिक जाने कुरामा सहमत छन् । टपर एक महिला, एक पुरुषलाई पदेन सदस्य बनाउनुपर्छ भन्ने कुरामा कसैको पनि असहमति छैन ।
हामी पढ्ने र शिक्षा दिने ठाउँमा छौँ । त्यसकारण व्यक्ति व्यक्तिको प्रतिस्पर्धाले चुनाव गर्न लाग्ने महँगो खर्चलाई पूर्ण समानुपातिक प्रणालीबाट रोक्न सक्छौं भन्ने हो । यही प्रणालीबाट देशको निर्वाचनका लागि पनि एउटा सिकाई हुन्छ भन्ने हाम्रो मान्यता हो ।
विगतका समस्याहरू दोहोरिन सक्नेतर्फ पनि आशंका थुप्रै छन् । यसमा तपाईंको संगठनले कस्तो खालको प्रतिबद्धता जाहेर गर्छ ?
शैक्षिक संस्थाहरू बाहुबलको आडमा त्यसको कब्जामा रहनुहुन्न भन्ने हो । प्राज्ञिक मूल्य र मान्यताअनुसार चल्नुपर्छ भन्ने हाम्रो भनाई हो । शैक्षिक संस्थाहरू बढीभन्दा बढी सामुदायिक अधिकारका निम्ति केन्द्रीत हुनुपर्छ । नयाँ नेतृत्व भनेको अगुवा छान्ने कुरा हो । यसमा कसैले डर, धाक धम्कीबाट अगाडि बढ्न खोजेको छ भने त्यो कुराबाट मुक्त हुनुपर्छ भन्ने हो ।
यो विशुद्ध शैक्षिक निर्वाचन हो । शिक्षा परिवर्तन गर्नका लागि नेता छानिने निर्वाचन हो, यो बुझ्नुपर्छ । यो कुनै पार्टीले जित्ने, कुनै पार्टीले हार्ने निर्वाचन भन्दा पनि यहाँ शिक्षामा राम्रो गर्ने, शिक्षामा जनताको पहुँच पुर्याउन सक्ने खालको निर्वाचन हो । भयरहित ढंगबाट राम्रो ठाउँमा पु¥याउन सक्ने नेतृत्व छान्नुपर्छ र त्यसका निम्ति झै–झगडा, हिजोको जस्तो बाहुबली शैलीमा संस्थामा उपस्थित हुने कुरा हामीले त्याग्नुपर्छ । र, सबैले त्यसका लागि प्रतिबद्धता जनाउनुपर्छ । त्यसको गरिमालाई बचाउनु अहिलेको दायित्व हो ।