युक्रेन युद्धका लागि रुसले आफ्ना शीर्ष कमाण्डरलाई हटायो, के हो कारण ?
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसका शीर्ष कमाण्डर सर्गेई सुरोभिकिनलाई पदबाट हटाएका छन् । उनी तीन महिनाअघि मात्र युक्रेनमा नियुक्त भएका थिए । अब चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोफले यो ‘विशेष सैन्य अभियान’को नेतृत्व गर्नेछन् ।
सर्गेई सुरोभिकिनको स्थानमा जनरल गेरासिमोफलाई नियुक्त गरिएको छ । शीर्ष कमाण्डरको रूपमा, सुरोविकिन रूसको संयुक्त सेनाका प्रमुख थिए । सुरोविकिनले हालै युक्रेनको ऊर्जा पूर्वाधारमा भएको आक्रमणको जिम्मेवारी सम्हालेका थिए ।
रुसले पूर्वी युक्रेनमा अगाडि बढिरहेको दाबी गरेपछि यो परिवर्तन भएको हो । रुसले गत वर्ष फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेको थियो । जनरल गेरासिमोफ सन् २०१२ देखि प्रधानसेनापतिको पदमा छन् । उनी सोभियत युगपछि सबैभन्दा लामो समय सेवा गर्ने चिफ अफ जनरल स्टाफ हुन् ।
जनरल सुरोविकिनले अब उनको डेपुटीको रूपमा काम गर्नेछन् । उनलाई अघिल्लो युद्धहरूमा क्रूर नीतिहरूको लागि परिचित चिनिन्छ जसमा सिरियामा रुसको अभियान र अलेप्पो शहरमा भारी बमबारी समावेश छ ।
त्यसलगत्तै अक्टोबरमा उनलाई यो अभियानको नेतृत्व सुम्पियो । त्यसपछि रुसले युक्रेनको उर्जा पूर्वाधार ध्वस्त पार्न खोज्यो । खेरसोनबाट रुसी सेना निकाल्ने बेला पनि सुरोविकिन उपस्थित थिए ।
रसियाको रक्षा मन्त्रालयले सुरोविकिनलाई प्रतिस्थापन गर्नुको उद्देश्य ‘सेनाका विभिन्न शाखाहरू बीच नजिकको सम्पर्क स्थापित गर्न र व्यवस्थापनको गुणस्तर र प्रभावकारितामा सुधार गर्नु’ भनेको छ ।
तर, सुरोविकिनले असाध्यै धेरै शक्ति हासिल गरेका थिए पनि भनिँदै छ ।
सैन्य मामिलाका विशेषज्ञ रोब लीले ट्वीटरमा लेखेका छन्, ‘तीन सेनाका कमाण्डरका रूपमा, सुरोविकिन धेरै शक्तिशाली बन्दै गएका थिए र राष्ट्रपति पुटिनसँग कुरा गर्दा रक्षामन्त्री र गेरासिमोलाई बेवास्ता गरिरहे ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन