प्राविधिक गडबडीका कारण अमेरिकामा ५४ सय उडान प्रभावित
बिहीबार, २८ पुस २०७९, १० : २२
न्युयोर्क । एउटा अभूतपूर्व अवरोधमा कम्प्युटर प्रणालीमा प्राविधिक गडबडीका कारण बुधबार अमेरिकाभरका उडानहरू प्रभावित भएका छन् ।
नोटिस टु एयर मिसन प्रणाली (नोटाम) मा समस्या आएपछि ५४ सयभन्दा बढी उडान प्रभावित भएका हुन् । नोटामले उडान टोलीलाई खतरा, विमानस्थल सुविधाहरूमा परिवर्तन र अन्य आवश्यक जानकारी प्रदान गर्दछ ।
देशभरि सामान्य हवाई यातायात सञ्चालन बिस्तारै सुचारु भएको अमेरिकी संघीय उड्यन प्रशासन (एफएए)ले जनाएको छ । ‘सामान्य हवाई ट्राफिक अपरेसनहरू बिस्तारै अमेरिकाभरि सुचारु हुँदैछन्’, एफएएले ट्विटरमा भन्यो, ‘ग्राउन्ड स्टप हटाइएको छ। हामी प्रारम्भिक समस्याको कारण खोज्न जारी राख्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति