बागमतीको सभामुखमा कांग्रेसका अधिकारीले उम्मेदवारी दिने

मकवानपुर । बागमती प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसका शिवराज अधिकारीले उम्मेदवारी दिने भएका छन् । सभामुखका लागि शुक्रबार हुने निर्वाचनमा प्रतिस्पर्धा गर्न कांग्रेसले अधिकारीलाई उम्मेदवार बनाउने भएको हो । उनले बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर मनोनयन दर्ता गर्ने कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए ।
उनका अनुसार कांग्रेसले बिहीबार बिहान मात्र अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अधिकारी कांग्रेसको धादिङबाट समानुपातिक कोटामा सांसद बनेका हुन् । त्यस्तै प्रदेशसभाको सभामुखका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवन पाठक र राजु विष्टमध्ये एक जना उम्मेदवार बन्ने भएका छन् । उम्मेदवारको विषयमा टुंगो लगाउन केही बेरमा राप्रपा बागमती प्रदेश संसदीय दलको बैठक बस्दैछ ।
बागमती प्रदेश सभा सचिवालयले विहान १०ः३० बजेदेखि २ः०० बजेसम्मका लागि सभामुखको मनोनयनको समय तोकेको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार मनोनयन दर्ता सकिएपछि दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्मका लागि मनोनयन फिर्ताको समय तोकिएको छ । यसैगरि दिउँसो ४ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
सभामुखको निर्वाचन कार्यक्रम शुक्रबार बिहान ११ः०० बजेका लागि प्रदेश सभा हलमा राखिएको सचिव खड्काले जानकारी दिए ।
बागमती प्रदेशमा सत्ता साझेदार ५ दलसँग ७० सांसद रहेका छन् । जसमा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीक ७, हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । त्यस्तै सरकारलाई समर्थन नदिएको प्रदेशको सबैभन्दा ठुलो दल कांग्रेससँग ३७ र नेमकिपाको ३ सांसद रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल