मन्त्रिपरिषद् विस्तारको तयारी, सत्ता साझेदार दलको बैठक बस्दै

मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पुर्याउन सत्ता साझेदार दलको बैठक बस्दैछ । आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
बैठकमा मन्त्रिपरिषद्को विस्तार, सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुने बताइएको छ । बुधबार साँझ प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । उनलाई तत्काल उपस्थित सात सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए । सत्ता साझेदार दलमा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् ।
यसैबीच, आजै मन्त्रिपरिषद्को नियमित बैठक पनि राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्नेछ । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टप गन र ब्याटम्यानका अभिनेता भ्याल किल्मरको निधन
-
कमेडियन सुन्दर खनाल : व्यक्ति एक, क्यारिकेचर अनेक
-
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा कारण देखाउ आदेश, अन्तरिम आदेशका लागि अर्को छलफल
-
स्थानीय तहको अधिवेशनका लागि लोसपाले दोस्रोपटक थप्यो म्याद
-
अबरोध हटाउन सुदूरपश्चिमका गठबन्धन दलबीच छलफल
-
जब न्युजिल्यान्डविरुद्ध पाकिस्तानका १२ खेलाडीले ब्याटिङ गरे...