सङ्गीतले वैराग कटाउँदै जुम्लाका ज्येष्ठ नागरिक

जुम्लाका ज्येष्ठ नागरिकहरू सङ्गीतसँग रमाउने गरिरहेका छन्। चन्दननाथ नगरपालिका-५ स्थित ज्येष्ठ नागरिक सङ्घको कार्यालयमा उनीहरू विभिन्न सङ्गीतको तालमा रमाउने गर्दछन्।
भजन शैलीमा उनीहरू आफै गाउने, आफै रमाउने, आफै बाजा बझाउने एक आपसमा मनोरञ्जनका साथ सुखदुख साटिरहेको ज्येष्ठ नागरिक सङ्घका कार्यवाहक अध्यक्ष तुलाराम न्यौपानेले बताए । प्रत्येक दिन सबै बुढापाकाहरू सङ्घको कार्यालय भेला भएर रमाइलो गर्ने गरेको उनको भनाइ छ। उनीहरू बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सङ्गीत सँगै एक अर्काका सुख दुःख कटाउने गरिरहेका छन्।
कार्यालयमा हार्मोनियम, तबला, खैँजडी, मादल सबै प्रकारका बाजा छन्। कर्णालीको कला संस्कृति लोप हुन नदिने उनीहरूको प्रमुख उद्देश्य हो। पछिल्ला युवा पुस्ताले परम्परागत संस्कृतिमा चासो दिन दिनुपर्ने उनी बताउँछन् । अहिले आधुनिक संस्कृतिले परम्परागत संस्कृति हराउँदै जान थालेकोले परम्परागत संस्कृति बचाउन स्थानीय स्तरमा गुरुयोजना निर्माण गर्नु पर्नेमा तुलाराम न्यौपानेको भनाइ छ।
गुठिचौर गाउँपालिका -५ देपाल गाउँका ७४ वर्षीय मीनबहादुर महतले प्रत्येक दिन ज्येष्ठ नागरिक सङ्घको कार्यालयमा आउने गरेको बताए । गाउँघरमा अलपत्र परिरहेका ज्येष्ठ नागरिक यहाँ आउँदा निकै रमाइलो अनुभूति गरिरहेको महतले जनाए।
उनीहरू एक आपसका सुख दुख साट्ने, जीवनका भोगाइ आदान प्रदान गर्ने र हात हातमा पत्रिका पढ्ने गरिरहेका हुन्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक घण्टा ढिलो गरी प्रधानमन्त्री ओली जकनपुरमा ‘ल्यान्ड’, प्रदेशसभामा सुरक्षा व्यवस्था कडा
-
दक्षिण कोरियामा राष्ट्रपति चुनावको घोषणा
-
ट्रम्प ट्यारिफले तेलको भाउ घट्यो, पुटिनमाथि बढ्यो दबाब
-
लागुऔषध ट्रामाडोलसहित नागढुंगाबाट एकजना पक्राउ
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ स्थापनाको ३२ वर्षपछि आफ्नै भवनमा
-
पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा फर्किने कार्य उपयुक्त होइन : माधव नेपाल