प्रधानमन्त्रीसँग बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको भेट, प्रदेश सरकार विस्तारबारे छलफल
बिहीबार, २८ पुस २०७९, ०९ : ०६

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रदेश सरकार विस्तार र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।
मुख्यमन्त्री जम्कट्टेलले सत्ता गठबन्धनको सहयोगमा प्रदेश सरकार विस्तारको तयारीमा जुटेका छन् । प्रदेशमा एमालेबाट जगन्नाथ थपलिया र राप्रपाबाट उद्धव थापा सरकारमा सहभागी भएका छन् ।
थपलियाले प्रदेशको अर्थ मन्त्रालय सम्हालेका छन् भने थापालाई विभागीय जिम्मेवारी तोकिएको छैन । गठबन्धनमा प्याकेजमै सहमति जुटाएपछि मात्र मन्त्री र जिम्मेवारी तोक्ने तयारीमा जम्कट्टेल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड
-
तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)