सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन आज
बिहीबार, २८ पुस २०७९, ०८ : २१

कैलाली । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुने भएको छ । प्रदेशसभा सचिव देवबहादुर बोगटीले सभामुख चयनका लागि दिउँसो १ बजे प्रदेशसभा भवनमा मतदान कार्यतालिका रहेको जानकारी दिए।
सभामुखका लागि नेकपा माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलको उम्मेदवारी परेको छ ।
माओवादी केन्द्रका भण्डारीको प्रस्तावकमा एमालेकी प्रदेशसभा सदस्य जानकी बम ऐर र समर्थकमा माओवादीकी गीता माल छिन्। सत्ता गठबन्धनको साथ हुँदा माओवादीका भण्डारी सभामुखको निर्वाचित हुने निश्चित जस्तै छ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित