शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

प्रावि तह शिक्षक पदको नतिजा सार्वजनिक, निमावि र मावि जस्तै निराशाजनक

बुधबार, २७ पुस २०७९, २२ : ११
बुधबार, २७ पुस २०७९

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक गर्न थालेको छ । आज प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बाजुरा, अछाम, डोटी र कञ्चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । 

आयोगले गत चैत १९ र २०७९ असार १३ गते लिखित परीक्षा गरेको थियो । बाजुराका लागि ७३ जनाको लागि विज्ञापन गरिएकोमा लिखित परीक्षामा ६५ जना मात्रै उत्तीर्ण भएका छन् । त्यस्तै अछाममा १४० सिटका लागि गरिएको विज्ञापनमा १३४ जना पास भएका छन्। परीक्षामा १९० जना सहभागी थिए।

त्यस्तै डोटीमा १४८ सिटका लागि गरिएको विज्ञापनमा १३४ जना पास भएका छन्। डोटीबाट ३०९ जनाले लिखित परीक्षा अर्न्तर्गत विषयगत परीक्षा दिएका थिए । ७६ सिटका लागि विज्ञापन गरिएको कञ्चनपुरमा ८० जना पास भएका छन्। परीक्षामा २१८ जना सहभागी थिए। 

लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई माघ १८ गतेदेखि २२ गतेसम्म अन्तरवार्ताको लागि बोलाईएको छ ।  आयोगले यसअघि निमावि र मावि तहको नतिजा प्रकाशित गरेको थियो।  दुवै तहको नतिजा प्रकाशन गरेर सिफारिस तथा नियुक्तिपत्र लिएर खटाएको क्षेत्रमा समेत हाजिर हुन थालिसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप