जुम्लामा आगलागीबाट तीन तले घर जलेर नष्ट
बुधबार, २७ पुस २०७९, २१ : ५२
जुम्ला । जुम्लाको गुठिचौर ३ गर्जाङ्कोटमा अवस्थित एक घरमा आगलागी भएको छ । स्थानीयवासी गोपाल गिरीको घरमा आगलागी भएको हो ।
बुधबार बेलुका ५ बजे तिर आगलागी भएको झारज्वला प्रहरी चौकीका सई जगत बहादुर ऐरले बताए । उनका अनुसार ३ तलाको घर पुरै जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । अहिले स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन