सन् २०२२ मा एयरबसद्वारा ६६१ व्यावसायिक विमान उत्पादन

पेरिस । एयरबसले सन् २०२२ मा ६६१ वटा व्यावसायिक विमान ग्राहकलाई उपलब्ध गराएको जनाएको छ ।
कम्पनीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “सन् २०२२ मा हामीले ८४ जना ग्राहकलाई ६६१ विमानलाई ग्राहक समक्ष पु¥याएका छौँ । यो सङ्ख्या सन् २०२१ को तुलनामा ८ प्रतिशतले बढी हो ।”
सन् २०२२ मा कम्पनीको ‘ए ३२०’ सबैभन्दा लोकप्रिय विमान प्रकार बनेको छ । यो नमूनाका विमानहरू विश्वभर ५१६ वटा ग्राहकलाई हस्तान्तरण गरिएको थियो । यद्यपि, उक्त अवधिमा कम्पनीको नयाँ नमूनाको विमान ‘ए ३५०’ भने ६० वटा बजारमा पठाइएको थियो ।
एयरबसका प्रमुख कार्यकारी अधिकृत गुयलाउम फाउरीले व्यावसायिक विमानको आपूर्ति लक्ष्यभन्दा कम भएको बताएका छन् । एयरबसले सन् २०२२ मा एक हजार ७८ नयाँ विमानका लागि निवेदन दता भएको र डिसेम्बर अन्त्यसम्ममा सात हजार विमान निर्माणको क्रममा विभिन्न अवस्थामा रहेको उनले बताए ।
“मालवाहक जहाजसहित हाम्रा सबैप्रकारका विमानहरूलाई समेट्ने महत्वपूर्ण मागले हाम्रो उत्पादन लाइनको शक्ति र प्रतिस्पर्धात्मकतालाई प्रतिबिम्बित गर्दछ,” फाउरीले भने । जुलाई २०२२ मा, फाउरीले आपूर्ति श्रृङ्खलाको समस्याको कारण विमान हस्तान्तरण गर्ने लक्ष्य ७२० रहेपनि यो सङ्ख्या लगभग ७०० को हाराहारी रहने बताएका थिए । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी अस्पतालका रेडियोग्राफर चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा मुद्दा दायर
-
हृदयाघात भएका पूर्वयुवराज पारस शाहको अवस्था सुधार, वार्डमा सारियो
-
नेप्से ३० अंकले घट्यो, कारोबार झण्डै १३ अर्ब
-
सेबीका पूर्वप्रमुख माधवीविरुद्ध एफआईआर गर्न बम्बई उच्च अदालतले लगायो रोक
-
वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यकः उपराष्ट्रपति
-
‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक २०८१’ परिमार्जन गर्ने सहमति