नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर राखौं : अध्यक्ष थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न माग गरेका छन् । राप्रपा नेपालद्वारा ३०१ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो माग गरेका हुन् ।
अध्यक्ष थापाले पृथ्वीनारायण शाह कुनै राजनीतिक वाद र विचारभन्दा माथि रहेको बताउँदै नेपाल एकिकरणको अभियान एक संस्थासँग मात्रै सम्बन्धित नभई नेपाललाई नाम र पहिचान दिने महान् कार्य भएको बताए । उनले पृथ्वीनारायण शाहलाई सम्मान दिन राज्यले कन्जुस्याइँ गर्न नहुने समेत बताए ।
२०७४ सालमा आफू सरकारमा रहँदा राज्यले नै ओपचारिक रुपमा पृथ्वी जयन्ती मनाइएको स्मरण गर्दै उनले यसपटक पृथ्वी जयन्ती एवं एकता दिवसमा राज्यको उपस्थिति नभएको प्रति रोश प्रकट समेत गरे । अध्यक्ष थापाले भने– ‘राज्यले यसपटक बिदा दिएतापनि त्यो बिदा राजनैतिक स्वार्थ परिपूर्ति गर्ने माध्यमका लागि मात्रै भएको छ, अघिल्ला वर्ष जस्तै सरकारी निकाय नेपाल प्रज्ञा प्रतिष्ठान मार्फत सरकारले मनाउने पृथ्वी जयन्ती यसपटक रोकिएको छ।’
राष्ट्र निर्माताप्रति श्रद्धा अर्पण गर्ने गरेको भन्दै राष्ट्रपतिप्रति भने उनले धन्यवाद अर्पण गरे । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं इतिहासविद् डा. रमेश ढुंगेल र वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको योगदान र व्यक्तित्वमाथि प्रकाश पारेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’