टुसाल मल्टिभेन्यूको 'कर्पोरेट पिकनिक' सम्पन्न
बुधबार, २७ पुस २०७९, २० : ५३
काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका-८ मा अवस्थित टुसाल मल्टिभेन्यूको कर्पोरेट पिकनिक उत्साहजनक सहभागितामा सम्पन्न भएको छ ।
मल्टिभेन्यूका संचालक, कर्मचारी र फिटनेस सदस्यहरुबीच एक आपसमा चिनजान गराउन र हार्दिकता बढाउन पिकनिक कार्यक्रमको आयोजना गरिएको महाप्रबन्धक प्रबिन मानसिंह बस्नेतले बताए ।
पिकनिकमा सहभागीहरुलाई सम्बोधन गर्दै कम्पनिका संचालक एवमं निर्देशक विजय सापकोटाले रिफ्रेस्मेन्ट कार्यक्रमहरुले पारस्परिक भाइचारा, सद्भाव र सौहाद्रता कायम गर्ने भएकाले टुसाल मल्टिभेन्यूले आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
सो अवसरमा विभिन्न खेल गतिविधिका साथै मनोरञ्जनात्मक कार्यक्रमहरु गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन