धादिङको धुवाँकोटमा माघे सङ्क्रान्तिमा गोरु जुधाइने

धादिङ । माघे सङ्क्रान्तिको अवसर पारेर धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटस्थित भङ्गेरीमा गोरु जुधाई र कृषि तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । नीलकण्ठ नगरपालिकाको सहयोगमा संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र धुवाँकोटले मेलाको आयोजना गरेको हो । परम्परादेखिनै गोरु जुधाउँदै आएको धुवाँकोटको भङ्गेरीमा यस वर्ष १७ हल गोरु जुधाइने केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।
“धुवाँकोटमा पहिलादेखिनै गोरु जुधाइने गरिएको थियो, केही वर्ष रोकिएको गोरु जुधाईलाई २०७१ सालदेखि व्यवस्थितरुपमा आयोजना गर्दै आएका छौँ”, उनले भने । धुवाँकोट ऐतिहासिक महत्वका नौमध्ये एउटा महत्वपूर्ण कोट हो । विशेष गरी धुवाँकोटमा पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा मद्दत पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको केन्द्रका सदस्य सुमन अधिकारीले बताए ।
गोरु जुधाउन उमेर, आकार र क्षमता हेरेर चार समूहमा विभाजन गरिएको अधिकारीले बताए । पहिलो समूहमा तीन हल गोरु, दोस्रो समूहमा छ हल तथा तेस्रो र चौथो समूहमा चार÷चार हल गोरु रहेका छन् । पहिलो समूहको विजेता गोरुको धनीले रु १२ हजार, उपविजेता गोरुको धनीले रु १० हजार, दोस्रो समूह विजेता र उपविजेताले क्रमशः रु १० हजार र रु आठ हजार तथा तेस्रो समूहले रु आठ हजार र रु छ हजार पाउने छन् । त्यस्तै चौथो समूहको विजेता गोरुको धनीले रु चार हजार र उपविजेता गोरुको धनीले रु दुई हजार पुरस्कार प्राप्त गर्ने छन् ।
गोरु जुधाइने स्थान नीलकण्ठ नगरपालिका–१४ धुवाँकोट भङ्गेरी धादिङबेँसीबाट १२ किलोमिटरको दूरीमा पर्छ । गोरुलाई माघे सङ्क्रान्तिमा जुधाएर मनोरञ्जन लिने चलन धादिङ, नुवाकोट र रसुवामा पाइन्छ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ तारुका आउँदा भान्जालाई देखाउनको लागि सुरु गरिएको गोरु जुधाउने परम्परा पछिल्ला वर्षमा धादिङमा पनि सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी
-
पशुपति आइपुगे नागाबाबाहरू (तस्बिरमा हेर्नुहोस्)
-
लमजुङमा भूकम्पको धक्का
-
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी