निसास्सिएर पर्सामा दुई भारतीय मजदुरको मृत्यु
बुधबार, २७ पुस २०७९, २० : २७
![निसास्सिएर पर्सामा दुई भारतीय मजदुरको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/dead-body-mrityu-laas_mbTGkSKGzK.jpg)
पर्सा । पर्साको कोइला डिपोमा कार्यरत दुई भारतीय कामदारको मृत्यु भएको छ ।
वीरगन्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डिएसपी दिपक गिरीले बताए ।
मृत्यु हुनेमा भारत विहारको मोतीहारी जिल्ला रक्सौल थाना कौवाठेगर–७ निवासी २९ वर्षीय पवित्र गिरी र भारत निवासी ३० वर्षीय मिथलेश यादव छन् ।
पत्थर कोइला बालेर झ्यालढोका बन्द गरी कोठामा सुतेका दुवै जनाको अक्सिजन कमी हुँदा निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालार २ को सुटिङ सुरु गर्दै प्रभास
-
मिड भ्याली कलेजले ७७ जिल्लाका टपरलाई छात्रवृत्ति दिने
-
आइटी आर्मीको आन्दोलन स्थगित गर्न प्रभु साहको निर्देशन
-
अशोक राईले सरकारबारे निर्णय लिन किन गर्दैछन् ढिलाइ ?
-
कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा
-
बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैङ्कको आह्वान