समाचार
कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त
बुधबार, २७ पुस २०७९, १७ : ०७

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का नेता राजकुमार शर्मा नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
शर्मालाई २५ सांसदको समर्थन रहेको छ । उनलाई माओवादीका १३, एमालेका १०, राप्रपाका १, समाजवादीको १ गरी २५ सांसदको समर्थन रहेको छ । यो सँगै शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री भएका छन् ।
माओवादीको पोलिटब्यूरो सदस्य समेत रहेका शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अभिमन्यु’को मुख्य कलाकारमा कामेश्वर पनि
-
विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान
-
नेकपा एमाले विराटनगर नगरकमिटीको अध्यक्षमा गिरी निर्वाचित
-
इंग्ल्याण्डका नागरिक कैलालीमा मृत फेला
-
डोटीमा सिकार खेल्ने क्रममा गोली लाग्दा एक युवकको मृत्यु
-
सरकारले अस्पताललाई भुक्तानी दिन सकेन, स्वास्थ्य बिमा गर्नेलाई समस्या