शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

लुम्बिनी बन्यो पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको च्याम्पियन

बुधबार, २७ पुस २०७९, १५ : ३६
बुधबार, २७ पुस २०७९

काठमाडौँ । लुम्बिनीले अल स्टारले पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको उपाधि जितेको छ । फाइनलमा बुधबार विराटनगर सुपर किङ्सलाई २४ रनले हराउँदै लुम्बिनीले  नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करणको उपाधि जितेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजक रहेको लिगको उपाधिसंगै लुम्बिनीले ५५ लाख रुपैयाँ पुरस्कार पायो । उपविजेतामा चित्त बुझाएको विराटनगरले ३० लाख पुरस्कार प्राप्त गर्यो । यस्तै, तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले पाँच लाख रुपैयाँ पायो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी अल स्टारले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो ।

विराटनगरका अर्जुन साउदले ३४ रन बनाए । पृथु बास्कोटाले ३१ र हुसैन तलातले १३ बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका सागर ढकाल र हर्मित सिंह समान दुई विकेट लिए । किशोर महत्तो र बिपुल शर्माले समान एक विकेट लिए ।  यसअघि टस जितेर ब्याटिङमा आएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर १३३  रनको योगफल खडा गरेको थियो । 

लुम्बिनीका ओपनर लहिरू मिलन्थाले सर्वाधिक ४१ रन बनाए । अर्का ओपनर हर्मित सिंहले ३० रन बनाए ।  लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऎरीले २० र इसान पाण्डेले १८ रन बनाए । विराटनगरका राज नानन र नन्दन यादवले दुई(दुई विकेट लिए । यस्तै, हुसैन तलात, किओन जोसेफ, सुर्य तामाङ र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप