बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

चितवनमा दम्पती मृत्यु प्रकरण : हत्यापछि आत्महत्या गरेको प्रहरीको निष्कर्ष

बुधबार, २७ पुस २०७९, १५ : ३१
बुधबार, २७ पुस २०७९

काठमाडौँ । चितवनको भरतपुरमा मंगलबार श्रीमान् र श्रीमती मृत अवस्थामा भेटिए । भरतपुर महानगरपालिका–२९ स्थित वडा कार्यालय पछाडि खेतबारी भन्ने स्थानमा २८ वर्षीय प्रेम रानामगर र उनकी पत्नी २५ वर्षीया शान्ति रानामगर मृत भेटिएका हुन् । बिहान ७ बजेतिर स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेपछि प्र्रहरी घटनास्थलमा पुग्यो । प्रेम रानामगरको शव घरको बलोमा झुण्डिएको अवस्थामा भेटियो । शान्तिको शव भुँइमा भेटिएको थियो ।

प्रेम रानामगरले पत्नीको हत्या गरेपछि आफुले आत्महत्याको बाटो रोजेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । शान्तिको टाउकोमा चोट देखिएको छ । पत्नीको हत्या गरेर प्रेम रानामगरले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । एसपी अधिकारीले भने– ‘हत्यापछि आत्महत्या गरेको आशंका गरेका छौं, पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाउँछौं ।’

जिल्ला अस्पतालमा शव पोष्टमार्टम गरिएको छ । प्रेमले पत्नीलाई काठले हिर्काएर हत्या गरेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् । स्थानीयहरुका अनुसार उनीहरुको बीचमा घर झगडा भइरहन्थ्यो । प्रेमबहादुर ज्याला मजदुरी गर्थे, पत्नी गृहिणी हुन् । उनीहरुको १ छोरा छन् । घटना हुँदा ६ वर्षीय छोरा ठुलीआमाको घरमा गएका थिए । छोरा नभएको बेला प्रेमले रातको समयमा पत्नीको हत्या गरेको आशंका गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप