सुदूरपश्चिमको सभामुखमा माओवादीबाट भीम भण्डारीको उम्मेदवारी दर्ता
बुधबार, २७ पुस २०७९, १४ : ५३

कैलाली । सुदूरपश्चिमको सभामुखका लागि नेकपा माओवादी केन्द्रबाट भीम भण्डारीको उम्मेदवारी दर्ता भएको छ । उनले प्रदेश सभा सचिवालयले निर्धारण गरेको समयमा सभामुखका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर रहेका छन् । यसअघि सुदूरपश्चिमको सभामुखका लागि नेपाली कांग्रेसका मानबहादुर रावलले उम्मेदवारी दर्ता गराएका थिए ।