दीपेन्द्रले साइन गरे नयाँ फिल्ममा
![दीपेन्द्रले साइन गरे नयाँ फिल्ममा](https://npcdn.ratopati.com/media/news/Dipendra-Lama_hmeqYX63p8.jpg)
काठमाडौं । निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्ममा ‘साइन’ गरेका छन् । केही अगाडि ‘२ नम्बरी’ नामक हिट फिल्म दिएका लामा ‘लाखे’ निर्माता हरि मल्ल ठकुरीको नयाँ फिल्ममा अनुबन्धित भएका हुन् ।
फिल्मको नाम भने जुर्न बाँकी रहेको छ । ‘घामपानी’ बाट निर्देशनमा डेब्यु गरेका दीपेन्द्रले केही दिन अघि मात्रै दयाहाङ राई, मिरुना मगर र शिशिर वाङ्देललाई मुख्य भूमिकामा लिएर आफ्नो पाँचौ फिल्म ‘नाङ्गो गाउँ’ घोषणा गरेका थिए ।
हिमाल शर्माले निर्माण गर्ने सो फिल्मको सुटिङ चैत्र महिनामा हुँदैछ । ‘नाङ्गो गाउँ’ पछि मात्रै यो फिल्म फ्लोरमा जाने जानकारी निर्देशक दीपेन्द्रले दिए ।
यसअघि ‘लाखे’ फिल्म निर्माण गरेको कम्पनी ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको प्रस्तुतिमा निर्देशक लामाकै लेखन रहने फिल्मको कार्यकारी निर्मातामा हरि मल्ल ठकुरी र निर्मातामा गणेश मल्ल ठकुरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन
-
राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन् : गृहमन्त्री लामिछाने
-
राजेन्द्र राईको प्रस्ताव : सिंगो पार्टी पदाधिकारीविहीन बनाऔँ !
-
क्वार्टरफाइनलमा पुग्न दुई महारथी फ्रान्स र बेल्जियमबिच महाभिडन्त
-
ईएमआई तिर्न नसक्दा खोसिएको थियो शाहरुखको कार
-
६० हजार स्वास्थ्य जनशक्ति पदपूर्ति गर्छु : मन्त्री यादव