एकीकरणले विश्वमानचित्रमा नेपालीको अस्तित्व सम्भव : अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कविता गोष्ठीको आयोजना गरेको छ । पार्टीले उनले निर्वाह गरेको भूमिका तथा योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले भृकुटीमण्डप परिसरमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा विभिन्न कविले राष्ट्रनिर्माणका क्रममा राष्ट्रनिर्माताले झेल्नुपरेका दुःख कष्ट, त्याग तथा साहस र योगदानको पक्षलाई विभिन्न आयामबाट अभिव्यक्त गरेका छन् । सोही अवसरमा रक्तदान कार्यक्रमसमेत गरिएको छ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन जलपान समारोहको आयोजना गरिएको छ ।
समारोहमा प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख तथा नेता, नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व एवं नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तित्वलगायतलाई आमन्त्रण गरिएको छ । नेपाली नोटमा पृथ्वीनारायणको तस्बिर अङ्कित गर्न माग गर्दै आएको पार्टीले देशैभर रहेका सबै जिल्ला कमिटीलाई पृथ्वीजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन परिपत्र गरेको छ ।
यसअघि पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा एक टोलीले सिंहदरबार अगाडि शाहको शालिकमा पुगेर माल्यार्पण तथा पुष्पगुच्छा चढाएको थियो । अध्यक्ष लिङ्देनले राष्ट्रनिर्माताले बाइसे चौबिसे राज्यमा छरिएका भू–भागलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेर हामी सबैलाई नेपालीका रुपमा परिचित गराएकाले उनलाई सबैले सम्मान गर्नुपर्ने बताए ।
सरकारले पृथ्वीजयन्तीमा दिएको सार्वजनिक बिदाले बहुसङ्ख्यक नेपाली जनताको भावना र चाहनाको सम्मान भएको बताउँदै उनले तत्कालीन समयमा भएको एकीकरणले विश्वमानचित्रमा नेपाल र नेपालीको अस्तित्व सम्भव भएको विचार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनका कार्यक्रम स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह
-
सुन तस्करी विवादमा मुछिएका सहसचिव अधिकारीको बागमती प्रदेशमा सरुवा
-
प्रधानमन्त्री ओली र फुटबल लिजेन्ड रोबर्टो कार्लोसबिच भेट (तस्बिरहरु)
-
प्रतिनिधिसभाको बर्खे अधिवेशनका बैठक शनिबार बाहेक सबै दिन बसाल्न प्रस्ताव
-
राजदूतद्वय नेपाल र पण्डितलाई माल्टा र साइप्रसको पनि जिम्मेवारी
-
प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत १० वर्षसम्म संघबाटै पठाइने