मधेस प्रदेशमा जसपाका यादवद्वारा मुख्यमन्त्रीमा दाबी पेस

धनुषा । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोज कुमार यादवले आफ्नो दाबी पेस गरेका छन् । बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष यादवले ६२ सांसदको समर्थनसहित दाबी पेस गरेकाे एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले जानकारी दिए । उनलाई कांग्रेस र लोसपाबाहेकका दलको समर्थन रहेको छ ।
मधेस प्रदेशमा मंगलबार नै दाबी पेस गर्ने तयारी गरिएपनि गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो । १०७ सदस्यीय मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसदको आवश्यकता हुने भएपनि ६२ सांसदको समर्थन यादवले जुटाएका हुन् ।
मधेस प्रदेशमा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जनमत पार्टीका १३, जनता समाजवादी पार्टी, नेपालका १६, माओवादी केन्द्रका ८, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का ७, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १, नागरिक उन्मुक्ति पार्टीका १ जना सांसद छन् । यस्तै सो प्रदेशमा स्वतन्त्र सांसद ६ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी