शर्मालाई मधेस प्रदेश संसदीय दलको नेता चयन गर्ने लोसपाको औपचारिक निर्णय
बुधबार, २७ पुस २०७९, ११ : ५७

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)मधेस प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मतले चयन भएका छन् । आज लोसपाका अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको प्रदेश सभाका सदस्यसहित शीर्ष नेताको बैठकले शर्मालाई संसदीय दलको नेता चयन गर्ने औपचारिक निर्णय भएको पार्टीमा नेता मनिष मिश्रले जानकारी दिए ।
संसदीय दलको नेतामा पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलको दावी थियो । तर पार्टीभित्र असन्तुष्टि बढेपछि थप छलफल गरेर सर्वसम्मत रुपमा शर्मालाई नियुक्त गरिएको हो । यसअघि प्रदेश सभा लोसपाको संसदीय दलको नेतामा सोनल थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै