अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैँकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा १ रुपैयाँ ६४ पैसाले ओरालो लागेको छ । बुधबार यसको खरिददर १३० रुपैयाँ ५६ पैसा र बिक्रीदर १३२ रुपैयाँ १६ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिदमा १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८ पैसामा कारोबार भएको थियो ।
रोपियन युरोमा सामान्य परिवर्तन भएको छ । यसको खरिददर १४० रुपैयाँ २३ पैसा र बिक्रीमा १४० रुपैयाँ ८८ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर ७५ रुपैयाँले घटेको छ । यसको खरिदमूल्य ९० रुपैयाँ ९ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ । यसअघि, मंगलबार खरिदमूल्य ९० रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ २२ पैसामा कारोबार भएको थियो ।
साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९३ पैसा तोकिएको छ ।अघिल्लो दिन यसको खरिदमा ३४ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३५ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो । कतारी रियालको खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८६ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९९ पैसा रहेको छ ।
यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४९ पैसा र बिक्रीमा १० रुपैयाँ ५४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ७२ पैसा र बिक्रीमा १६ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४२६ रुपैयाँ ९० पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८७ पैसा र बहराइन दिनार एकको खरिदमा ३४६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३४७ रुपैयाँ ९० पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘के घर के डेरा : घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक
-
नेपालको असंलग्न परराष्ट्र नीति होइन, संलग्न परराष्ट्र नीति बनाउनपर्छ : राजेन्द्र महतो
-
४७ जना सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)
-
आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा