दयाहाङलाई लिएर नयाँ फिल्म गर्दै निर्देशक दीपक श्रेष्ठ

काठमाडौँ । दीपक श्रेष्ठले अभिनेता दयाहाङ राईलाई लिएर नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । केबल तामाङको प्रस्तुतिमा तयार हुने फिल्ममा कोमल गुरुङको लगानी रहनेछ । श्रेष्ठकै कथा तथा निर्देशन रहने फिल्मका सुरज आचार्य हेड अफ प्रोडक्शन हुन् ।
सौरभ लामाको छायाङ्कन रहने फिल्मका लागि अहिले दयाहाङ मात्र फाइनल भएका हुन् । निर्माण पक्ष र दयाबिच मंगलबार फिल्म निर्माणको विषयमा सम्झौता भएको हो । फिल्मका लागि एक नायक र एक नायिका केही दिनमा फाइनल गरिने निर्माण पक्षले बताएको छ ।
‘हामी लभ स्टोरी र कमेडी कथामा फिल्म निर्माण गर्दै छौ । फिल्मको छायाङ्कन सिक्किम र इलाममा हुनेछ’ फिल्मको विषयमा निर्देशक श्रेष्ठले भने । माघको २० गतेबाट छायाङ्कन हुने फिल्मको नाम भने अहिले गोप्य राखिएको छ ।
प्रोमिस इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा तपश्री प्रोडक्शनको सहकार्य रहनेछ । फिल्मले नेपाल र सिक्किमको पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने विश्वास निर्माण पक्षले लिएको छ । प्रस्तुतकर्ता तामाङले भने, ‘पर्यटनका लागि सिनेमा’ भन्ने मूल नारा बोकेर हामी यो फिल्म निर्माण गर्दछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले बिमा कार्यक्रम अलपत्र पारेको सांसद कार्कीको आरोप
-
लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
-
स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप
-
विदेशी दातृ निकायले दिने सहयोगको श्वेतपत्र जारी गर्न माग
-
जबरजस्ती करणी अभियोगमा पक्राउ
-
शिवरात्रिमा पशुपतिको दर्शन व्यवस्थापन चुस्त बनाउन १० उपसमिति गठन