लुम्बिनी विकास बैंक लिमिटेडको १५ औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले मंगलबार आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ. ब. २०७८/७९ को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनीहरुलाई ९.०० प्रतिशत नगद लाभांश र ३.०० प्रतिशत बोनस शेयर सहित कुल १२.०० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविण कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न १५ आंै वार्षिक साधारण सभामा आ.ब. २०७८/७९ को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।
साथै, १५ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समितीको निर्बिरोध चयन गरेको छ । जसमा, संस्थापक शेयरधनीहरु (समूह “क”) को तर्फबाट चिन्तामणी भट्टराई, रामचन्द्र सिग्देल र प्रविण कृष्ण श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीहरु (समूह “ख”) को तर्फबाट गणेश राज रेग्मी, अर्जुन थापा र केशव खतिवडा निर्बिरोध निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
-
प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?
-
खेलाडीहरू माथि खेलबाड गर्न हुँदैन : मन्त्री महर्जन
-
एजुकेशन प्लानेटलाई दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ अवार्ड