जाडोका कारण यमनमा सात बालबालिकाको मृत्यु

काठमाडौं । यमनको उत्तरपूर्वी प्रान्त मारिबमा पालमा बस्न बाध्य सात जना बालबालिका कडा चिसोका कारण मृत फेला परेका छन् । आन्तरिक विस्थापनका कारण ती बालबालिका पालमा बस्न बाध्य भएका थिए ।
मारिबमा आन्तरिक विस्थापन शिविरहरूको व्यवस्थापनका लागि गठित यमनको कार्यकारी एकाइले सोबारे जानकारी दिएको हो । हाल सयौँ यमनी बालबालिका जीर्ण पालमा बस्न बाध्य छन् भने कपडाको अभावका कारण निकै कष्टकर दैनिकी बिताइरहेका छन् ।
मारिबको विस्थापन पालमा बस्ने पीडित परिवारहरूले उनीहरूलाई आधारभूत आवश्यकताहरू उपलब्ध गराउन मानवीय संस्थाहरूलाई आग्रह गरेका छन् । मारिबको नियन्त्रित प्रान्तमा युद्धग्रस्त यमनमा सबैभन्दा ठूलो विस्थापन शिविरहरू रहेका छन् जहाँ २२ लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित रहेका छन् ।
यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको छ । इरान समर्थित हुथी मिलिशियाले थुप्रै उत्तरी सहरहरूमा आक्रमण गरी साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेका थिए । यहाँ युद्धले हजारौँको ज्यान लिएको छ भने ४० लाखभन्दा बढी विस्थापित भएका छन् भने देश भोकमरीको चपेटमा परेको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता